टीभीएसको नयाँ जुपिटर नेपाली बजारमा, मूल्य २ लाख ५८ हजार

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । साेमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नयाँ जुपिटर सार्वजनिक गरिएको हो ।

नयाँ जुपिटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार लन्चिङ अवसरमा जुलाई महिनाभर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

टीभीएस जुपिटर पहिलेदेखि नै नेपाली बजारमा लोकप्रिय थियो । तर यसपटक परिमार्जित इन्जिन, थप सेफ्टी फिचर र अत्याधुनिक प्रविधिहरूका कारण नयाँ जुपिटरलाई थप आकर्षक बनाइएको कम्पनीको दाबी छ ।

नयाँ जुपिटरमा ११३ सीसी क्षमताको इन्जिन छ, जसले ८ बीएचपी पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ । सीभीटी गियरबक्ससहितको यो स्कुटरलाई हलुका बनाउन विभिन्न हल्का मेटेरियल र पोलिमर प्रयोग गरिएको छ ।

null

फिचरका हिसाबले नयाँ जुपिटरमा बेस्ट–इन–क्लास सुविधाहरू जस्तै युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन, एसबीटी सहितको डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन् ।

त्यस्तै, फर्स्ट–इन–क्लास सुविधाका रूपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिटजस्ता विशेषता राखिएको कम्पनीले जनाएको छ ।

पहिलेको मोडलको तुलनामा यसमा अपडेटेड इन्जिन, नयाँ डिजाइन, थप सेफ्टी फिचर र नयाँ कलर अप्सन समेत उपलब्ध छन् । साथै ३३ लिटरको बुट स्पेस, फोन कनेक्टिभिटी, नेभिगेसन, भ्वाइस कमान्ड र युएसबी चार्जरले ग्राहकको अनुभवलाई अझ सहज र स्मार्ट बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटर नेपाली बजारका लागि विशेष रूपमा तयार पारिएको बताए । उनले भने, 'भारतमा चल्ने जुपिटर र नेपालमा ल्याइएको जुपिटरमा धेरै भिन्नता छ । नेपाली उपभोक्ताको आवश्यकता र यहाँको सडक सुहाउँदो बनाउन यसलाई २५ हजार किलोमिटरभन्दा बढी परीक्षण गरिएको छ ।' उनले शंकर ग्रुप र टीभीएसको १० वर्षे सफल सहयात्राले ग्राहकको विश्वास जितेको बताए ।

null


यस्तै, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक मिश्रले नेपालको बढ्दो सहरी चाप र महँगो पेट्रोलको मूल्यलाई ध्यानमा राख्दै नयाँ टीभीएस ज्यूपिटर ११० स्कुटर बजारमा ल्याइएको बताए । उनले यो स्कुटर विशेषगरी मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र कामकाजी व्यक्तिहरूको दैनिक यात्रालाई सहज र किफायती बनाउन डिजाइन गरिएकोमा जोड दिए । 

उनले भने, 'नेपालका सहरहरू दिनप्रतिदिन जामयुक्त हुँदैछन् । यस्तो अवस्थामा मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र अफिस जानेहरूका लागि सस्तो, सहज र भरपर्दो सवारीको आवश्यकता बढेको छ ।' 

उनले स्कुटर बजारमा ४२ प्रतिशतको वृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्दै ११० देखि १२५ सीसी सेग्मेन्टको माग उच्च रहेको बताए ।null

 

मिश्रले भने, 'हाम्रा १५० भन्दा बढी डिलर, ३०० भन्दा बढी सर्भिस सेन्टर र ४ हजारभन्दा बढी स्थानीय ग्यारेजसँगको सहकार्यले गर्दा ग्राहकले छिटो, भरपर्दो र सस्तो मूल्यमा मर्मत-सम्भार सेवा पाउनेछन् ।' उनले स्कुटरका पार्टपुर्जाहरू सजिलै र सस्तोमा उपलब्ध हुने कुरामा समेत विश्वस्त पारे ।

उनले टीभीएस जुपिटर नेपाली ग्राहकका लागि एक विश्वसनीय, स्टाइलिश र स्मार्ट स्कुटर साबित हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, भारतका प्रतिनिधि अश्विन श्रीनिवासनले हरेक टीभीएस उत्पादन उपभोक्तालाई केन्द्रमा राखेर बनाइने र जुपिटरले नेपाली ग्राहकहरूको मन जित्नेमा विश्वस्त रहेको बताए ।

null

कार्यक्रममा ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र प्रदीप खड्काले टीभीएससँगको ५ वर्ष लामो सहकार्यप्रति गर्व महसुस भएको बताए । उनीहरूले टीभीएसले ग्राहकसँग बलियो सम्बन्ध बनाएको र जुपिटरले नेपाली बजारमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे ।

नयाँ जुपिटर पहिलेभन्दा बढी पावर, स्टाइल, माइलेज र कम्फर्टका साथ नेपाली बजारमा आएको कम्पनीले जनाएको छ ।

null

Share News