वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित, खाद्य वस्तुको मूल्य स्थिर

काठमाडौं । वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । 

बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ४.१७ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ । खाद्य समूहभित्र घ्यू तथा तेलको मूल्य १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दालरगेडागुडीको २.८५ प्रतिशतले बढेको छ भने तरकारीको मूल्य ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछारमासुको २.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडा तथा जुत्तारचप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.६८ प्रतिशत मूल्य वृद्धी देखिएको छ । स्थानगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रको २.६६ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत छ । प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्र ४.१८ प्रतिशतले अगाडि छन् भने मधेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिममा ३.८६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।

थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति भने घटेर १.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४८ प्रतिशत थियो । उपभोग्य वस्तुहरूमा थोक मुद्रास्फीति ५.६६ प्रतिशत, मध्यवर्ती वस्तुहरूमा ०.९३ प्रतिशत गिरावट र पुँजीगत वस्तुहरूमा २.९९ प्रतिशत वृद्धी देखिएको छ भने निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.३५ प्रतिशत मात्र बढेको छ । 

Share News