काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट-दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो ।
वर्षापछि खुर्सानी खोला नजिक सडक भाँसिएसँगै सोही ठाउँमा ट्रक फसेको थियो । उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने जनाएको छ ।