काठमाडौं । गैर बैंकिङ सम्पत्तिलाई पुँजीमा गणना गर्न पाइने भएको छ । आगामी आर्थिक वर्ष २०८/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सकारेको गैर बैंकिङ्ग सम्पत्ति २ वर्षसम्म सो सम्पत्तिबाट प्राप्त भएको रेगुलेटरी रिजर्भलाई पुँजीलाई पूरक पुँजीमा गणना गर्न सक्ने व्यवस्था गरेको हो ।