विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलरसम्म लैजान पाउने

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । 

विदेशी मुद्रा सञ्चितिमा विदेशी मुद्रा वृद्धि हुँदै गएपछि राष्ट्र बैंकले सहज नीति ल्याएको हो । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

Share News