पहिलोपटक पीपीपी मोडलमा ठूला लाइन निर्माण गर्न लाग्यो प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ठूला क्षमताका विद्युत् प्रसारणलाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

यसका लागि प्राधिकरणले इच्छुक निजी फर्म तथा कम्पनीहरूबाट आशयपत्र (ईओआई) माग गरेको छ ।

प्राधिकरणले हाललाई ४ वटा महत्त्वपूर्ण प्रसारणलाइन आयोजना पीपीपी मोडलमा निर्माण गर्न प्रस्ताव गरेको हो ।यसले ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

प्राधिकरणका अनुसार तिङ्ला–दूधकोशी–ढल्केबरः ४०० केभी, १ सय १८ किलोमिटर, अरुण हब (शीतलपाटी)–इनरुवाः ४०० केभी, ९४ किलोमिटर, न्यु खिम्ती–ढल्केबरः ४०० केभी, ८० किलोमिटर, लप्सीफेदी–तीनपिप्लेः २२० केभी, ३० किलोमिटर रहेको छ । 

इच्छुक निजी कम्पनीले ३० दिनभित्र प्राधिकरणमा आशयपत्र पेश गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ । आशयपत्र मूल्याङ्कनबाट छनोट भएका कम्पनीले यी आयोजनाहरू ’निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण’ (बुट) मोडलमा विकास गर्नुपर्नेछ ।

null
 

Share News