मंगलबार ५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ६/६ महिनामा ब्याज पाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले खरिद गर्न सक्नेछन् । मंगलबार बोलकबोल गरिएको ऋणपत्रको निष्काशन बुधबार हुनेछ । ०८६ सालमा साँवा फिर्ता हुने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले खरिद गर्न सक्नेछन् ।

मंगलबार बोलकबोल गरिएको ऋणपत्रको निष्काशन बुधबार हुनेछ । ०८६ सालमा साँवा फिर्ता हुने ऋणपत्रको ब्याज भने ६/ ६ महिनामा प्राप्त हुनेछ ।

न्युनतम ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म मात्रै बोलकबोल गर्न पाइने छ ।

Share News