काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ह्वात्तै बढाएको छ । गत वर्ष बैंकको निक्षेप संकलन ८२६.६५ प्रतिशत बढेर ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ८२ करोड ९८ लाख रुपैयाँ मात्रै निक्षेप संकलन गरेको थियो ।
साथै, बैंकले गत वर्ष कर्जा लगानी १८.९० प्रतिशत बढाएर २४ अर्ब ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
तर, समीक्षा वर्षमा बैंकको खुद नाफा १३.८५ प्रतिशत घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५० प्रतिशत घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ९ लाख रुपैयाँ र सञ्चाल नाफा ७६३ प्रतिशत बढेर १ अर्ब ६४ करोड २ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोष ३९.४८ प्रतिशत बढेर ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ६.१६ रुपैयाँबाट घटेर ५.५६ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरुमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरु पनि विश्लेषणका अवस्थामा रहेको जनाएको छ । बैंकले निजि-सार्वजनिक साझेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औधोगिक पूर्वाधार र उर्जाका परियोजनाहरुमा एसपीभी मोडलमा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ ।