ग्रीन डेभलपमेन्ट बैंकको नाफामा ७९.७९ प्रतिशत उछाल, १०.६७ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ७९.७९ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७.७३  प्रतिशत घटेर २० करोड २० लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १७ करोड १६ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकको कुल सञ्चालन आम्दानी २० प्रतिशत घटेर २३ करोड ३० लाख २० हजार रुपैयाँ र सञ्चाल नाफा ७२.७९ प्रतिशत बढेर ९ करोड ८७ लाख २३ हजार रुपैयाँ रहेको छ । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड ७ लाख ८१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत रहनेछ । 

बैंकको चुक्ता पुँजी ५.७४ प्रतिशत बढेर ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ र जगेडा कोष २६.२४ प्रतिशत बढेर ६ करोड ५१ लाख ७८ हजार रुपैयाँ रहेको छ । 

गत वर्ष बैंकको निक्षेप संकलन २८.२५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

साथै, बैंकले गत वर्ष कर्जा लगानी १९.९९ प्रतिशत बढाएर ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १२.१८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा सामान्य बढेको छ । अघिल्लो वर्ष ३.१८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.३३ प्रतिशत पुगेको छ ।

Share News