काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १०३.७१ प्रतिशत बढेर ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ५७ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष खराब कर्जा घटेसँगै लघुवित्तको नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १०.१९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ७.४३ प्रतिशत झरेको छ ।
गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत बढेर ४० करोड ४९ लाख ६९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २९ करोड १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०९ प्रतिशत बढेर ४७ करोड ७७ लाख ५४ हजार रुपैयाँ र सञ्चालन नाफा १७७.७० प्रतिशत बढेर १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ३२ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.७९ प्रतिशत बढेर २० करोड १७ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष लघुवित्तले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ९७ करोड २ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ९.६४ रुपैयाँ बढेर १८.८५ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ ।