काठमाडौं । भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भएको भागदौडमा परी ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मिडिया रिपोर्टहरूका अनुसार उक्त घटनामा धेरैजना घाइते भएका छन् ।
यसैबीच उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री धामीले लेखेका छन्, ‘हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड भएको अत्यन्तै दुःखद समाचार प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । म स्वयं निरन्तर स्थानीय प्रशासनसँग सम्पर्कमा छु र स्थिति माथि निगरानी गरिरहेको छु ।’
घटनाको विस्तृत विवरण आउन अझ बाँकी छ ।