काठमाडौं । बैंकमा बैंक खाता खोल्नका लगि स्थानीय तहलाई नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । स्थानीय तह अन्तर्गतका विभिन्न निकायलाई वाणिज्य बैंकहरुमा खाता खोल्दा राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको हो ।
सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम स्थानीय तहको ‘ग’ समूह समिति, बोर्ड र कोषको खाता सञ्चालन गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्दैन । यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै समिति, बोर्ड र कोष खाता सञ्चालन गर्नु पर्ने व्यवस्था थियो ।