न्युयोर्क, अमेरिका । न्युयोर्क सहरमा भएको एक भीषण गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार यो घटनामा पाँच जनालाई गोली लागेको थियो, जसमा चार जनाको ज्यान गएको पुष्टि भएको छ।
मेयर एडम्सले जानकारी दिएका अनुसार मृतकमध्ये एक जना न्युयोर्क प्रहरी विभागका अधिकारी समेत छन् ।
यसअघि उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भनेका थिए, ’घटनास्थलमा धेरै मानिसहरू घाइते भएका छन् । जो भवनभित्र हुनुहुन्छ, कृपया बाहिर ननिस्कनुहोस् । प्रहरी टोलीले भवनका सबै तला छानबिन गरिरहेको छ ।’
सीबीएस न्यूजले दुई जना सुरक्षास्रोतको हवाला दिँदै जनाएको छ कि घटनामा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।
रिपोर्टअनुसार, गोली लागेका प्रहरी अधिकारीहरू ड्युटीमा नरहे पनि सो भवनमा सुरक्षाकर्मीको रूपमा कार्यरत थिए ।
यस घटनामा दुई जना सर्वसाधारणलाई पनि गोली लागेको बताइएको छ । तीमध्ये एक अधिकारीको मृत्यु भइसकेको छ भने बाँकी एक जना गम्भीर अवस्थामा रहेका छन् ।
संदिग्धको पहिचान
न्युयोर्क प्रहरी स्रोतका अनुसार आक्रमणकारीको पहिचान शेन डी. टमुराको रूपमा गरिएको छ । यद्यपि प्रहरीले औपचारिक रूपमा यसको पुष्टि गरिसकेको छैन ।
तर सीबीएस न्यूजलगायत विभिन्न अमेरिकी मिडियाहरूले आक्रमणकारीको नाम शेन डी. टमुरा नै उल्लेख गरेका छन् । सीबीएस न्यूजका अनुसार भवनको सीसीटीभी फुटेजमा संदिग्ध आक्रमणकारीको तस्बिर स्पष्ट रूपमा देखिएको छ ।
पुलिसले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ ।