नेपालमा पहिलो पटक इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी 'एमजी आईएम ६' सार्वजनिक, मूल्य ७५ लाख

काठमाडौं ।  एमजी आईएम ६ ईभी बुधबार सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा एमजी आईएम ६  सार्वजनिक गरिएको हो ।

एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको हो । एमजी आईएम ६ नेपालमा सार्वजनिक भएको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभी हो । 

लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको छ ।

null

पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने बताए । उनले आईएम ६ ले बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने पनि दाबी गरे । 

क्षेत्रीले भने, ‘यो प्रिमियम एसयूभी हो, यसले बजारमा सजिलै प्रतिस्पर्धा गर्नसक्छ । यो गाडी किनेर कोही पनि पछुताउनु पर्ला जस्तो मलाई लाग्दैन ।’

उनले गाडी किनेर कोही पनि पछुताउन नपर्ने पनि बताए ।

सार्वजनिक गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडी विभिन्न ६ कलरमा उपलब्ध छ । 

nullआईएम ६ मा डिजिटल चेसिस रहेको छ जुन उद्योगकै अग्रणी कम्पोनेन्टहरू प्रयोग गरी बनाइएको हो । यसले  विलासी गुणस्तरको यात्रा अनुभव दिन्छ । 

आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ । जसले  एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ ।

गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसैगरी गाडीमा ४५० एनएम टर्क रहेको छ ।

गाडीमा अत्याधुनिक एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ । यसैगरी ३६० डिग्री क्यामेरासमेत जडान गरिएको छ । 

गाडीमा पाँच सिट क्षमता रहेको छ । आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले थर्मल समस्याबाट गाडीलाई जोगाउँछ ।

null

गाडीमा रेइनी नाइट मोड र अन टच आईएड जस्ता स्मार्ट फिचरहरू रहेका छन् ।

पारामाउन्ट मोटर्सका अनुसार यो गाडी अहिले देशभरका सबै अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध छ ।

गाडी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने जनाइएकाे छ ।

Share News