अमेरिकाले पाकिस्तानमाथि लगायो १९ प्रतिशत ट्यारिफ, दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक थुप्रै देशहरूमाथि ट्यारिफ (आयात शुल्क) घोषणा गरेका छन् । तर दक्षिण एसियाली देशहरूमध्ये पाकिस्तानमाथि लगाइएको १९ प्रतिशत ट्यारिफ सबैभन्दा कम हो।

अर्कोतर्फ अमेरिकाले भारतमाथि पहिल्यै २५ प्रतिशत ट्यारिफ घोषणा गरिसकेको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तय गरिएको व्यापार सम्झौताको समयसीमाको केही घण्टा अघिनै ह्वाइट हाउसले दर्जनौं देशका लागि नयाँ ट्यारिफ दरहरू सार्वजनिक गरेको हो ।

त्यसैगरी, क्यानडामाथि लगाइएको ३५ प्रतिशत ट्यारिफ आज (शुक्रबार) बाट लागू भएको छ ।

बाँकी रहेका ७० भन्दा बढी देशहरूमाथि नयाँ ट्यारिफ दरहरू भने अहिले लागू हुने छैनन् । ट्रम्पको नयाँ कार्यकारी आदेशअनुसार ती दरहरू आगामी अगस्ट ७ बाट लागू हुनेछन् ।

दक्षिण एसियाली देशहरूमा लगाइएको ट्यारिफ दर

पाकिस्तानः १९ प्रतिशत

बंगलादेशः २० प्रतिशत

श्रीलंकाः २० प्रतिशत

भारतः २५ प्रतिशत

Share News