एलएस अटोका २ नयाँ कार नेपालमा

काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको छ । 

एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचब्याक र अलह्वील ड्राइभका दुई मोडल नेपाल आइपुगेका हुन् । 

आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स प्रदर्शन हुनेछ । 

एलईभी ०५ एक प्रिमियम ह्याचब्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ । 

त्यस्तै, एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो । 

यसअघि नेपालमा बिक्री भईरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्समा ७७ किलोवाट आवरको व्याट्रीप्याक र १९८ किलोवाटको मोटर रहेको छ । 

यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरूमा समेत आरामले चलाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरू समेत अपडेट भएका छन् । 

यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।

Share News