डोङफेङ नामीको चाडपर्व अघि नै अफर सार्वजनिक, ८० हजारसम्मको छुट पाइने

काठमाडौं । चाडपर्वको माहोल सुरु हुनु अघि नै विद्युतीय गाडी निर्माता डोङफेङ नामीले ‘अर्ली फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ‘नामी’ मा ८० हजार रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको हो ।

अहिले ग्राहकहरूले नामी ईभीलाई रु ३४ लाख ७९ हजारको साटो रु ३३ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । ‘व्हाई वेट फर द फेस्टिभल’  भन्ने नारासहित ल्याइएको यस अफरमार्फत ग्राहकहरूले चाडपर्वको भीड र पर्खाइबिना नै समयमै उत्सवको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, नामी ईभी छोटो समयमा नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको छ । सेग्मेन्ट–फर्स्ट फिचरहरू, भरपर्दो रेन्ज, उत्कृष्ट मूल्य र लक्जरी अनुभवका कारण यो ह्याचब्याकले नयाँ पुस्ताका लागि आधुनिक र स्मार्ट रोजाइको रूपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दाबी छ ।

नामी ईभीमा बोल्ड डिजाइन, सुविधायुक्त इन्टेरियर, स्मार्ट प्रविधि र प्रयोगकर्ता मैत्री अनुभव रहेको छ, जसले यसलाई फाइभ–स्टार लक्जरी ईभीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ ।

यस अफरमार्फत डोङफेङ नामीले विद्युतीय सवारी साधनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्याउने र चाडपर्वको अवसरमा ग्राहकहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

Share News