नयाँ कार्यसमिति चयन गर्दै एपोन, अध्यक्षमा अधिकारी र दाहालको उम्मेदवारी

काठमाडौं । औषधी व्यवसायीहरूको संस्था (एपोन)ले नयाँ कार्यसमिति चयन गर्दै छ । काठमाडौंमा जारी ३१ औं साधरणसभाले सोमबार आज नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

अध्यक्षमा दुई जना आकांक्षी रहेकाले सके सहमतीमा नभए निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने एपोनले जनाएको छ । अहिले अध्यक्षका उम्मेदवार  विप्लव अधिकारी र दीपक दाहालबीच सहमतीको प्रयास भइरहेको जनाइएको छ । उम्मेदवारहरूबीच सहमति नजुटे दिउँसो १ बजेदेखि ३ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिने छ ।

यस्तै सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।

Share News