काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको छ ।
नर्थपोल स्कुल नजिकै रहेको तीनतले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको कोठामा मंगलबार दिउँसो चोरी भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर ढोकाको ताला फोडेर चोरी गरिएको थियो । चोरी भएको सामानमध्ये सुनको सिक्री, औंठी, बाला, मंगलसूत्र र नगद २ लाख ३० हजार रुपैयाँसहित जम्मा करिब १० लाख बराबरको सम्पत्ति रहेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।