माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकर प्रभु बैंक लिमिटेडबीच स्वास्थ्य सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन र बैंकका ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिकमा उपलब्ध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।

Share News