सुनको मूल्य तोलामा २३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा दुई हजार ३०० रुपैयाँ र चाँदीमा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News