काठमाडौं । नेपाली बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा १ हजार ५०० र चाँदीमा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।
सोमबार एक तोला सुन १ लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३५५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔंस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।