सिफलमा झुमे गुल्मेलीहरू

काठमाडौं । काठमाडौंमा बस्ने गुल्मेलीहरूले सिफलमा हरितालिका तीज मनाएका छन् । गुल्मी समाजले विगत २५ वर्षदेखि सिफलमा तीज मनाउँदै आएको छ । 

यस वर्ष पनि हजारौं गुल्मेलीहरूको उपस्थितिमा नाचगान र गुल्मेली संस्कृतिको प्रस्तुतिसहित कार्यक्रम सम्पन्न गरिएको समाजका महासचिव टंक पन्तले जानकारी दिए। 

पन्तका अनुसार ०५७ सालदेखि निरन्तर समाजले सिफलमा तिज गित कार्यक्रम आयोजना गर्दै आएको हो ।

यस वर्ष पनि गुल्मेली दिदीबहिनीको उत्साहपूर्ण उपस्थिति रहेको समाजका सदस्य विमल घिमिरेले जानकारी दिए । 

उनका अनुसार कार्यक्रमको बाह्य व्यवस्थापन पुरुषहरूले गरे पनि नाचगान लगायतका आन्तरिक काम सवै महिलाहरूले गर्ने भएकोले पनि सिफलको तीजलाई विशेष मान्ने गरिन्छ । 

कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष तथा पूर्वमन्त्री हरिप्रसाद न्यौपानेले गरेका थिए। 

Share News