एमाले नेता महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर पक्राउ परेका छन् । चरित्र हत्या तथा गाली बेइज्जती सम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन् ।

महरविरुद्ध बझाङकी एमाले नेता रश्मिला धामीले मुद्दा दर्ता गरेकी थिइन् । त्यसपश्चात अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको भनिएका धामी र महरको ०७९ को आम निर्वाचनपछि सम्बन्धमा चिसोपन आएको बताइन्छ । 

आफूलाई महरले लामो समय यौन उत्पीडन गरेको बताउने धामीले महरविरुद्ध साइबर क्राइम ब्यूरोमा जाहेरीसमेत दिएकी थिइन् ।

महर अखिलका पूर्वअध्यक्ष हुन् भने धामी पनि अखिलकी पूर्वनेता हुन् । महरलाई अहिले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा लगिएको छ ।

Share News