काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार (भोलि )को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गरेको छलफलपछि यसबारे जानकारी गराइएको हो ।
प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउनु हुने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
साथै संसदको आगामी बैठक र कार्यसूचीबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५, २६ र २७ भदौमा बैठक हुने सहमति भएको उनले बताए ।
सदनमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउने कार्यसूची रहेको पनि उनले बताए ।