काठमाडौं । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्रे गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।
मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्ड अन्तर्गत म्याग्देको मौरी ओडार, शुक्लागण्डकीको दुलेगौंडा, कास्कीको विजय पुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्रे गर्न बाँकी छ ।
यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन् भने १ सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । ७ अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।