काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज थप ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य २४२५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुवैमा देखिएको लगातारको वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।