काठमाडौं । सुनको मूल्य लगातार बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्न थालेको छ । प्रतितोला २ लाख नाघेपछि मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएकाे थियाे । सोमबार फेरि २ हजार बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।