लक्ष्मी इलेक्ट्रोटेकको वार्षिक व्हर्लपूर पार्टनर्स मिट सम्पन्न

काठमाडौं । लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेकले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक व्हर्लपूल पार्टनर्स मिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए । 

कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशककी अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरिन् । 

कार्यक्रमका क्रममा व्हर्लपूलले  आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रस्तुति गरेको थियो ।

अध्यक्ष  श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गरेका थिए ।

त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित रहेको बताए ।

लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो । व्हर्लपूल विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।
 

Share News