काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै 'खुशीको ४० वर्ष' नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ । दशैँ–तिहारको उल्लासलाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र पक्का उपहारसहित विशेष स्किम सुरु गरेको हो ।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यो अफर अन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र विभिन्न आकर्षक उपहार पाउनेछन् । स्किमअन्तर्गत वाशिङ मेसिन, डिशवाशर, फ्रिज, माइक्रोवेभ ओभनदेखि एयर कन्डिसनरसम्मका उत्पादनमा उपहार र विशेष सुविधा उपलब्ध छन् ।
अभियानअन्तर्गत ११ किलोसम्मका फ्रन्ट लोड वाशिङ मेसिनमा एरियल म्याटिक, १३ किलोसम्मका मेसिनमा इन्डक्सन चुलो, टप लोड र ट्विन टब मेसिनमा एरियल लिक्विड, डिशवाशरमा वाशिङ ट्याब्लेट, साइड–बाइ–साइड फ्रिजमा माइक्रोवेभ ओभन, ३०८ लि. सम्मका डबल डोर फ्रिजमा प्रेशर कुकर, ३४० लि. सम्मका फ्रिजमा मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन उपलब्ध गराइनेछ ।
त्यस्तै, उपभोक्ताले ० प्रतिशत इएमआइमा सजिलो किस्ताबन्दी सुविधा पाउनेछन् भने ३२ इन्च वा सोभन्दा ठूलो टिभी खरिद गर्दा ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यो अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुने कम्पनीले जनाएको छ ।