कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले राजधानीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै बुधबार एक कार्यक्रमका बीच नयाँ शोरूमको उद्घाटन गरिएको हो ।

null

टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरे ।

null

कार्यक्रममा बोल्दै निर्देशक चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम सञ्चालन गर्ने लक्ष्य लिएको बताए । 

nullबर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा स्थापित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रमार्फत लेमिनार टायल्स उत्पादन हुँदै आएको छ । कम्पनीले हाल ५०० भन्दा बढी डिजाइनमा पाँच विभिन्न साइजका टायल्स बजारमा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार यी टायल्स पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग भएकाले साधारण सेरामिक टायल्सभन्दा चार गुणा बढी टिकाउ हुने विशेषता रहेका छन् ।

nullnullnull

Share News