काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै ध्वनि प्रदूषण नियन्त्रणका लागि नागरिकलाई अनुरोध गरेको छ ।
बुधबार सुरु गरिएको अभियान अन्तर्गत प्रहरीले पाँच बुँदा तथा उपबुँदासहितका आग्रह सार्वजनिक गरेको हो । त्यसमा राति अबेर वा बिहान सबेरै शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन र कुकरमा सिटी नलगाउन अनुरोध गरिएको छ ।
त्यस्तै राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ ।
प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक जीवनमा नकारात्मक असर पार्ने बताइएको छ ।
यस्तो छ प्रहरीको अनुरोध
