काठमाडौं । युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले दशैंतिहारलाई लक्षित गरी आकर्षक अफर ल्याएको छ।
अफरअन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
बेकोका उत्पादनहरूमा १०० पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टीका साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ।
होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्।
यस योजनाअनर्तगत वासिङ मेसिनको खरिदमा ६ केजी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सकिने जनाइएको छ ।
त्यस्तै, फ्री स्टयान्डिङ ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुविधा पनि पाइनेछ ।
यस अफरलाई सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको हो ।
यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।