काठमाडौं । सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड बन्ने क्रम आइतबार पनि जारी रहेको छ । सुन प्रतितोला १६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ ।
सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको हो ।