टीसीएलको दशैँ–तिहार अफर : लाखौंको छुट र उपहार

काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘ग्रेटनेस इन एभरी मुभमेन्ट, इन्स्पाएर एभरी सेलिब्रेशन’ नामक दशैँ–तिहार अभियान सुरु गरेको छ । नेपालभरिका ग्राहकलाई उत्सवको रौनक थप गर्ने उद्देश्यले ल्याइएको यो योजनामार्फत टीसीएलले चाडपर्वमा उपभोक्तालाई आकर्षक नगद छुट र पक्का उपहार उपलब्ध गराउने जनाएको छ ।

अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहार पाउनेछन् । योजनाअनुसार टीसीएल साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, कुनै पनि वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटरजेन्स, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टेलिभिजन खरिदमा ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क उपलब्ध हुनेछ ।

भाद्र १९ देखि सीमित अवधिसम्म लागू हुने यो योजना नेपालभरका सम्पूर्ण आधिकारिक शोरूम र विक्रेतामार्फत कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानमार्फत दशैँ–तिहारलाई अझ उत्सवमय बनाउने र ग्राहकलाई उत्कृष्ट प्रविधि तथा विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ।

Share News