खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जना युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

‘प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईंहरू नै मेरो पहिलो प्रेरणा र ऊर्जा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो भएको आन्दोलनप्रति समर्थन र सरकारले गरेको दमनप्रति विरोध जनाउँदै म खानेपानी मन्त्री पदबाट राजीनामा दिन्छु ।’

Share News