झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा भएको ‘जेनजी’ युवाहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर रूपमा घाइते भएका छन् । दुवैजनाको पेटमा गोली लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन देशभर चर्किँदै गएको छ । प्रदर्शन नियन्त्रणमा लिन काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दै आएको छ ।

Share News