काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाे छ । काठमाडौंबाट सञ्चालन हुने सबै आन्तरिक तथा बाह्य उडानहरू अस्थायी रूपमा बन्द गरिएको हाे ।
विमान कम्पनीहरूबीच सम्पन्न आपतकालीन बैठकपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
उडान स्थगनको कारणबारे विस्तृत जानकारी भने आउन बाँकी छ । सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको र चाँडै थप विवरण सार्वजनिक गरिने बताइएको छ ।