काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको जनाएका छन् ।
साथै, थापा र शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् ।
उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।
