काठमाडौं । राजधानीमा जारी ‘जेनजी’ आन्दोलन आज थप आक्रामक बन्दै गएको छ । मंगलबार बिहानैदेखि आन्दोलनरत प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबारको मुख्य गेट तोड्दै भित्र प्रवेश गरेका छन् ।
सोमबारदेखि सुरु भएको प्रदर्शन आज पनि काठमाडौंसहित देशका विभिन्न ठूला शहरमा निरन्तर भइरहेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा लगातार ढुंगामुढा र तोडफोड गर्दै विरोध जारी राखेका छन् ।
उग्र आन्दोलनका कारण देशका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।
सुरक्षा निकायले सिंहदरबार वरपर कडा निगरानी बढाए पनि प्रदर्शनकारीहरूको भीड नियन्त्रणमा आउन सकेको छैन ।