काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ ।
जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।
उग्र बनेका युवाहरूले घरभित्र पार्किङमा राखिएको बीवाईडीको गाडीमा समेत आगजनी गरी नष्ट गरेका छन् ।
सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि आज बिहानदेखि प्रदर्शन झन् आक्रामक बनेको हो।
राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शनकारीहरूले नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयलाई निशाना बनाउँदै विरोध जारी राखेका छन् ।