पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका वरिष्ठ नेता नन्दबहादुर पुनको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

आन्दोलनकारीहरूको समूहले मंगलबार बिहानै काठमाडौंको दहचोकस्थित पुनको घरमा पुगेर आगजनी गरेको स्थानीयहरूले बताएका छन् ।

‘जेनजी’ आन्दोलन अन्तर्गत सोमबारदेखि सुरु भएको विरोध प्रदर्शन सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध, देशभर फैलिएको भ्रष्टाचार र बेथितिको विरोध, साथै नेताहरू र उनका सन्तानहरूको विलासी   जीवनशैलीप्रतिको आक्रोशका कारण चर्किएको हो ।

सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आज देशभरै प्रदर्शन तीव्र बनेको छ ।

Share News