काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको बताएका छन् ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजीनामा दिएको उनले बताएका हुन् ।
‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामापत्रमा भनेका छन् ।
देशभर जारी जेनजीको आन्दोलनको दबाब थेग्न नसकी प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन् ।
सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।