काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
मंगलबार जेनजीहरूले देउवाकै निवास पुगेर गेट फुटाएर घरभित्र प्रवेश गरेका थिए । सोही क्रममा जेनजीहरूले उनीमाथि हातपात गरेका थिए ।
प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।