काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । आफूहरूलाई पनि बाहिर निस्कन दिनुपर्ने माग गर्दै कैदीहरूले आगजनी गरेको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा आगो फैलिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । उनका अनुसार अहिले कारागारभित्र आगोको मुस्लो देखिएको छ ।
आगजनी र तोडफोडपछि कारागार परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रशासनले जनाएको छ ।