रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान सूचना प्रकाशित गर्दै जिल्लाभर कर्फ्यू लगाइएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनाअनुसार भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रमा कर्फ्यू लागू हुनेछ ।

कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

हालैका विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिसकेको छ ।

Share News