सुशीला कार्की आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुँदै, प्रतिनिधिसभा विघटन हुने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीहरुबीच शुक्रबार दिनभर भएको छलफलपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेर संसद विघटन गर्ने सहमति भएको हो ।  

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि राष्ट्रपछि पौडेल संसद विघटन गर्न तयार भएको बुझिएको छ । यो जानकारी उनले शीर्ष राजनीतिक दलका नेताहरुलाई पनि गराइसकेका छन् । 

Share News