संविधान खारेज भए नयाँ संविधान आउन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको संविधान २०७२ खारेज भए अर्को संविधान आउन नसक्ने बताएका छन् । अत्यन्तै ठूलो लगानीबाट बनेको संविधान खारेज गर्ने सोच कसैले राख्न नहुने बताएका छन् ।

एक भिडियो जारी गर्दै भट्टराईले पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । एमालेको सरकार भएको बखत उक्त सरकारले भौतिक पूर्वाधार निर्माणमा अत्यन्तै ठूला–ठूला काम गरेको भट्टराईले बताएका छन् । 'यसका बाबजुद हामीले केही कमजोरी गर्यौं, त्यसका लागि माफी माग्न चाहन्छु,' उनले भने ।

तीनै कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टीलाई अर्को उचाइ दिन सबैलाई जुट्न भट्टराईले आह्वान गरेका छन् । 'अब व्यक्ति र पार्टीको रूपान्तरण आजको आवश्यकता हो । आउनुहोस्, देश र पार्टीलाई अझ बलियो बनाउने दृढताका साथ अगाडि बढौँ,' सचिव भट्टराईले भने ।

Share News