काठमाडौं । मुड्खु भञ्ज्याङको भ्यूटावरबाट काठमाडौंको दृश्य रमाइलो देखिएको । शनिबार मौसम खुलेसँगै सहर सफा र चम्किलो देखिन थालेको छ । जेनजी आन्दोलनले काठमाडौंका प्रमुख सार्वजनिक स्थलहरूमा आगोले क्षति पुर्याएको भए पनि, भ्यूटावरबाट हेर्दा सहर शान्त, व्यवस्थित र रमणीय देखिएको छ । वरिपरिको पहाड, हरियाली र राजधानीका ऐतिहासिक संरचनाहरूले अझ मनमोहक बनाएको छ ।






