ओली निवास बालकोटमा जले २० लाखका पुस्तक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको आगजनीमा करिब २० लाख रुपैयाँ बराबरका पुस्तक जलेर नष्ट भएका छन् ।

लामो समयदेखि ओलीको सचिवालयमा कार्यरत एक सहयोगीका अनुसार आगलागी अतिथि भवनतर्फ फैलिँदा त्यहाँ रहेको सम्पूर्ण पुस्तकालय ध्वस्त भएको हो । 'अत्यन्तै दुर्लभ पुस्तकहरूसमेत जलेर खरानी भएका छन्,' ती सहयोगीले विकास न्यूजसँग भने ।

उनका अनुसार पुस्तकालयमा विभिन्न मित्रहरूले उपहार दिएका तथा ओलीले आफैं किनेका संग्रहसमेत रहेका थिए । जलेर नष्ट भएका पुस्तकको मूल्य २० लाख रुपैयाँभन्दा धेरै मूल्यका पुस्तकहरू थिए । भवनसँगै जलेका ती पुस्तक अहिले खरानीको थुप्रोमा परिणत भएका छन् ।

 

Share News